Tuesday 17th February 2026

हाटबजार टेण्डर खोल्ने विषयमा बुटवलमा प्रहरी र व्यवसायीविच झडप


तितोपाटी- बुटवल हाटबजारको टेण्डर खोल्ने विषयमा भएको विवादमा सोमबार प्रहरी र व्यवसायीविच झडप भएको छ । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ वटा सटरको नयाँ टेण्डर प्रक्रियामा व्यवसायीले अवरोध गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको लाठीचार्जवाट केही व्यवसायी घाइते भएका छन । प्रदर्शनमा सहभागी व्यवसायीले महानगरले नियम विपरित टेण्डर प्रक्रिया अघि बढाएको आरोप लगाएका छन ।

पहिलेदेखि शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अवरोध गर्न खोजेपछि बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । महानगरले पनि पुरानो ठेक्का सम्झौताको म्याद सकिएकाले कानुन अनुसार नयाँ प्रक्रिया अघि बढाएको जनाएको छ ।
महानगरपालिकाले १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टिलाई पन्ध्र बर्षका लागि सटर भाडामा दिएको थियो । सम्झौता अनुसारको म्याद दुई बर्ष अघि नै सकिएपछि नयाँ प्रक्रिया अनुसार टेण्डर अघि बढाएको हो ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...