Monday 19th January 2026

पछिल्लो २४ घण्टामा २५७१ कोरोना संक्रमित पुष्टि


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ११ हजार १ सय १७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७ सय ९८ जना निको भएका छन् ।
आजसम्म कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यीमध्ये ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ५९ हजार ७ सय २४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न आइसोलेसनमा ९ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...