Wednesday 28th January 2026

पछिल्लो २४ घण्टामा २७५३ संक्रमित थपिए, २२०६ जना डिस्चार्ज


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...