Monday 23rd March 2026

नेकपा सचिवालय बैठक सुरु : ओली पक्षधर कोही पनि गएनन


तितोपाटी- नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य उपस्थित भएका छन्। पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डले बोलाएको बैठकमा सचिवालयका ९ जना सदस्यमध्ये ५ जना उपस्थित भएका हुन्।

बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन्।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक सचिवालय बैठक डाकेको पार्टीका प्रवक्तासमेत रहेका नेता श्रष्ठले बताएका थिए।

पार्टीभित्र विवाद बढ्दै गएपछि प्रचण्डले केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक डाकेका हुन्। बैठक केही बेरअघि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सहित उनी पक्षीय नेता भने बैठकमा उपस्थित भएका छैनन्। प्रधानमन्त्री ओलीसहित उनी निकट महासचिव विष्णु पौडेल र उपप्रधानमत्री ईश्वर पोखरेल बैठकमा सहभागी भएनन्। पूर्वमाओवादी धारका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल पनि बैठकमा सहभागी भएका छैनन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...