Wednesday 28th January 2026

कोरोनाका कारण पूर्वसभामुख महरा पत्नी सीताको निधन


तितोपाटी- पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ। महराकी जीवनसंगीनी सीता महराको नर्भिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको छ।

दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्यइएको थियो।

उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो।
२०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी उनी महरासैँगै माओवादी जनयुद्धमा भूमिगतसमेत भएकी थिइन्।
कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्। उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्।

साभारनागरिकन्युज


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...