Sunday 18th January 2026

भारतीय सेना प्रमुख नरवणे आज अपराह्न नेपाल आउने


तितोपाटी- भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल भ्रमणमा आउँदैछन् ।

उनी नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गर्ने कार्यक्रम छ ।  शुक्रबार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेना प्रमुखको भ्रमणलाई लिएर काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले नेपाल अरु कसैको इशारामा चलेको भन्दै विवादास्पद टिप्पणी गरेका थिए ।
नेपाल भ्रमणमा आउनुअघि भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने दाबी गरेका छन् ।

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...