Sunday 25th October 2026

कविताः परदेशीको दशैँ – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


बाबा आमा दाजुभाइ सबै इष्ट मित्र।
दिदी बैनी चेलीबेटी पर्ने नाता भित्र।
ससुरा र सासु अनि साला-सालीहरू।
मामा माइजु भाइ छोरा बुहारी र अरु।१। 🌷🙏🌺

साना बाबा ठूला बाबा सानी ठूली आमा।
सम्झेका र नसम्झेका नाता सम्पूर्णमा ।
साढुदाइ साढुभाइ डाडु पन्यु सबै।
दसैँको मौका पारी सम्झेँ मैले आजै ।२। 🌷🙏🌺

नवदुर्गा भवानीले रक्षा गरुन् भन्दै।
बिन्ती गरी बसेको छु दिन रात गन्दै ।
घरदेश जस्तो प्रदेशमा हुँदै हुन्न दशैँ।
जसो तसो गरिकन मनाउँदै छौँ अझै ।३। 🌷🙏🌺

आज भोली गर्दा गर्दै धेरै वर्ष बिते।
कतिपय इष्ट मित्र नातागोता टुटे।
टाढा टाढा बस्नु पर्दा भाइहरु छुटे।
सबैजना आफ्नो इक्षा पुरा गर्न जुटे ।४। 🌷🙏🌺

मनमा हुने सारा सबै इक्षा पुरा हुँदै जाउन्।
शत्रु बैरी ठाडो आँखा गरी हेर्न नपाउन् ।
रामचन्द्रको जस्तो शत्रु नाश हुँदै जाउन् ।
बिदुर जस्तो ज्ञानी हुनु सबै सोध्न आउन् ।५। 🌷🙏🌺

सम्पति होस दशरथ जस्तो बायु जस्तो गति ।
ऐश्वर्य होस् नहुष जस्तो नारायणको कीर्ति ।
दुर्योधन जस्तो मान युधिष्ठिरको सत्य ।
भिष्म जस्तो शुरता होस् नडग्नु एक रति।६। 🌷🙏🌺

आशिर्वाद आदान प्रदान गरी मानौँ दशैँ।
कोरोनाले फिँजाएको हल्ला जता ततै।
कुनै बेला पक्कै पनि हुन्छौँ हामी सँगै।
त्यतिखेर मनका कुरा खोलौँला है सबै ।७। 🌷🙏🌺

हरि शर्मा(गलकोटे)🌷🙏🌺
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...