Saturday 17th October 2026

कविताः परदेशीको दशैँ – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


बाबा आमा दाजुभाइ सबै इष्ट मित्र।
दिदी बैनी चेलीबेटी पर्ने नाता भित्र।
ससुरा र सासु अनि साला-सालीहरू।
मामा माइजु भाइ छोरा बुहारी र अरु।१। 🌷🙏🌺

साना बाबा ठूला बाबा सानी ठूली आमा।
सम्झेका र नसम्झेका नाता सम्पूर्णमा ।
साढुदाइ साढुभाइ डाडु पन्यु सबै।
दसैँको मौका पारी सम्झेँ मैले आजै ।२। 🌷🙏🌺

नवदुर्गा भवानीले रक्षा गरुन् भन्दै।
बिन्ती गरी बसेको छु दिन रात गन्दै ।
घरदेश जस्तो प्रदेशमा हुँदै हुन्न दशैँ।
जसो तसो गरिकन मनाउँदै छौँ अझै ।३। 🌷🙏🌺

आज भोली गर्दा गर्दै धेरै वर्ष बिते।
कतिपय इष्ट मित्र नातागोता टुटे।
टाढा टाढा बस्नु पर्दा भाइहरु छुटे।
सबैजना आफ्नो इक्षा पुरा गर्न जुटे ।४। 🌷🙏🌺

मनमा हुने सारा सबै इक्षा पुरा हुँदै जाउन्।
शत्रु बैरी ठाडो आँखा गरी हेर्न नपाउन् ।
रामचन्द्रको जस्तो शत्रु नाश हुँदै जाउन् ।
बिदुर जस्तो ज्ञानी हुनु सबै सोध्न आउन् ।५। 🌷🙏🌺

सम्पति होस दशरथ जस्तो बायु जस्तो गति ।
ऐश्वर्य होस् नहुष जस्तो नारायणको कीर्ति ।
दुर्योधन जस्तो मान युधिष्ठिरको सत्य ।
भिष्म जस्तो शुरता होस् नडग्नु एक रति।६। 🌷🙏🌺

आशिर्वाद आदान प्रदान गरी मानौँ दशैँ।
कोरोनाले फिँजाएको हल्ला जता ततै।
कुनै बेला पक्कै पनि हुन्छौँ हामी सँगै।
त्यतिखेर मनका कुरा खोलौँला है सबै ।७। 🌷🙏🌺

हरि शर्मा(गलकोटे)🌷🙏🌺
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...