Tuesday 17th March 2026

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ


बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास भएको आरोपमा सप्तरीमा दुई आरोपित पक्राउ परेका छन् ।बलात्कार प्रयासको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोप छ । उनी घटनाको दुई सातापछि कञ्चनरुप नगरपालिका–२ बाट पक्राउ परेका थिए ।
संयोग के छ भने हाल पक्राउ परेका ५२ र ४८ वर्षीय दाजुभाइ तीनै सुस्त मनस्थितिकी बालिकाका बुवा र काका हुन् । दुबै मुद्दा इलाका प्रहरी कार्यालय कञ्चनरुपले चलाएको छ ।बालिका पीडित भएको उजुरीमा सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला बत्ती गएको मौका छोपी आरोपितले भदौ १ गते राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिएर टोलभन्दा करिब चार सय मिटर टाढा धान खेतमा लगेर बलात्कार गरेको उल्लेख छ ।अहिले तीनै थुनामा परेको आरोपितकी श्रीमती पीडित भएको उजुरीमा आरोपित दाजुभाइले असोज ३० गते बिहान ‘मर्निङ्ग वाक’मा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाढ भएको बारीमा एक्लै भएको मौका छोपी नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको उल्लेख छ ।

अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...