Sunday 18th January 2026

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण


जनता समाजवादी  पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन ।

‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं’ पछिल्ला दिनहरुमा भट्टराई दम्पत्ति पार्टीका कार्यक्रमहरुमा सहभागी भएका थिए । प्रदेश दुईमा पार्टीले कोरोना संक्रमणको मापदण्डविपरित सयौंको संख्यामा कार्यकर्ता भेला गरेको थियो ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...