Thursday 25th April 2024

कोभिड – १९ बाट विश्वभर अहिलेसम्म ४ करोड मानिस संक्रमित ११ लाख भन्दा बढिको मृत्यु


तीतोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानव समुदायलाइ नै चपेटामा पारेको नोवल कोरोना भाइरस कोभिड-१९ बाट विश्वभर अहिले सम्म ४ करोड बढि मानिस संक्रमित भएका छन् भने ११ लाख बढि मानिसको ज्यान गइसकेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार अाइतबार मध्यान्ह सम्म २ करोड ९९ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् ।

गत वर्षको डिसेम्बर महिनामा चीनको वुहानबाट शुरू भएको यो प्रकोपबाट अहिले सम्म सबैभन्दा धेरै अमेरिकामा प्रभावित भएका छन् भने दोश्रो प्रभावित मुलुक भारत रहेको छ ।

अमेरिकामा अहिले सम्म ८३ लाख ४३ हजार २४४ जना संक्रमित भइ २ लाख २४ हजार २ सय ८४ जनाले ज्यान गुमाएका छन् भने ५४ लाख ३२ हजार ४ सय ५७ जना निको भइ घर फर्केका छन् ।

दोश्रो स्थानमा रहेको भारतमा अहिले सम्म ७४ लाख ९४ हजार ५ सय ५१ जना संक्रमित भइ १ १४ हजार ६४ जनाको ज्यान गएको छ भने ६५ लाख ९७ हजार २ सय ९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा ५२ लाख २४ हजार ३ सय ६२ जना संक्रमित भएका छन् भने १ लाख ५३ हजार ६ सय ९० जनाको मृत्यु भइ ४६ लाख ३५ हजार ३ सय १५ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

संक्रमितको हिसाबले ३५ स्थानमा रहेको नेपालमा अहिले सम्म १ लाख ३२ हजार २ सय ४६ जना संक्रमित भइ ७ सय ३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १ सय ६६ जना निको भएर घर फर्केका छन् ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...