Monday 12th October 2026

घटस्थापना – नेपाली लोक छन्दः झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


घटस्थापनाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌷🌺🌼💐🌷

नेपाली हामी विश्वमा नामी मान्दछौँ संस्कार।
अनेक थरी चाड र पर्व मान्दछौँ सालभर।
शरद ऋतु पारेर मौका झुलुक्क देखियो ।
ठुलो र बडो भएको हुँदा वडादशैँ भनियो ।१। 🌷🌺🌼💐🌷

हटेको सारा हिलो र मैलो भवानी पुजेको।
मनमा हर्ष खुशीको वर्षा पानीको रोकियो।
सबैको मुख हँसिलो भयो दशैँको कारण।
कोरोना पाजी आएको हुँदा विषाद मनमा ।२। 🌷🌺🌼💐🌷

आश्विन शुक्ल परेवा तिथी आरम्भ गरिन्छ।
कोजाग्रतको पूर्णिमा तिथी अन्तिम मानिन्छ।
यी पन्ध्र दिन दशैँको नाम पुकार गरेको।
असत्य माथि सत्यको जित भनेर मानेको ।३। 🌷🌺🌼💐🌷

युगमा त्रेता विष्णुले राम अवतार लिनुभो।
दुर्गाको पूजा आरम्भ गरी दशैँमा सिध्दियो।
रावणलाई जितेको दिन बिजयादशमी।
जमरा टीका शिरमा राखी आशिष थापिने ।४। 🌷🌺🌼💐🌷

प्रतिपदाको दिनमा घर कलश थापिन्छ।
घटस्थापना भनेर पनि यसैलाई भनिन्छ।
नवदुर्गाको स्थापना गरी कुनामा कलश।
त्यसैको साथ जमरा राख्ने चलन हाम्रो छ ।५। 🌷🌺🌼💐🌷

आजै हो दिन छाडौँला किन जमरा राखौँला।
दशैँको दिन टिपेर हामी शिरमा लगाउँला।
कोरोना दशैँ घरैमा बसी सबैले मनाउँला।
सेलरोटी साथ कुराउनी केरा खाएर रमाउँला ।६। 🌷🌺🌼💐🌷

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🌺🌼💐🌷


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...