Sunday 18th January 2026

प्रदेशको राजधानी तोकिएको खुसीयालीमा दाङमा दीपावली


तितोपाटी- दाङको देउखुरी स्थायी राजधानी भएको खुसीयालीमा मंगलबार बेलुका जिल्लाका विभिन्न स्थानमा दीपावली भएको छ ।

जिल्लाका प्रमुख बजारहरू भालुबाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलियालगायतका स्थानमा मंगलबार बेलुका दीपावली गरिएको हो । तुलसीपुरको बीपी चोकमा मंगलबार बेलुका नेपाली कांग्रेस क्षेत्र नं. ३ ले पनि दीपावली गरेको छ ।
मंगलबार भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाई बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...