Monday 16th February 2026

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घर निकाला


रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ । तिलोत्तमा-१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका-४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घर निकाला गरेका हुन् । प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो । युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली (सार्की) जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घर निकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ ।

विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन ल्याएर परीक्षण गरेका थिए । त्यतिखेर गर्भवती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समीक्षाले बताइन् ।

तर शम्शेरले विवाह नहुँदै गर्भवती हुनु राम्रो नहुने भन्दै गर्भपतनका लागि दबाब दिने गरेका थिए । ‘पेट दुख्ने, बान्ता हुने जस्ता समस्या आएपछि शम्शेरलाई औषधि ल्याउन लाएर खाएँ,’ समीक्षाले भनिन्, ‘त्यसपछि रगत बग्न थाल्यो ।’असारको अन्तिम सातातिर समीक्षाको रगत धेरै नै बग्न थालेपछि माइती पक्षले गर्भ रहेको जानकारी पाएका थिए । छोरीको स्वास्थ्यमा समस्या आउन थालेपछि घटनाबारे जानकारी पाएको आमा जमुना सार्कीले बताइन् ।

-नागरिक दैनिकबाट


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...