तितोपाटी- हजारौँ मानिसको संसारमा
मैले एक्लोपनाको महसुस गरे
न त राम्रो हेरचाह नै पाए न त कसैको माया
साथ त दिँदैनथे कसैले पनि तर देखाउनको
लागि सबैले गर्थे दया।
आफ्नो भन्ने त कोही थिएन
देखावटीका लागि आफ्नो भन्ने जस्ता मात्र थिए
उपाय पनि हरेक परिस्थितिका सामु
एक्लै जुटिरहने बाहेक केही थिएन
जिबनमा केहि गरेर अघि बढ्छु भन्दा त
कसैले “बिचरी” यसले के गर्न सक्ली र!
भन्ने साथ मेरो हिम्मत नै हराउँथ्यो।
आकाशमा जून टहटह लागिरहेको बेला
मेरो मनमा विभिन्न प्रश्नहरु उब्जन्थ्यो
सधै आफ्नो परिस्थिति र भाग्यलाई दोष दिने गर्थे
तर त्यसदिन मेरो अन्तर्मनको आवाजले मलाई दोषी ठहरायो ।
हिजो राती को कुरा सम्झिदा त कोही आएर
मेरो आँखा खोलिदिएको महसुस भयो
धेरैबेर त्यही कुरा सोच्दा र ध्यान दिँदा
त्यो कोही भनेको त म नै रहेछु
यो कुरा सोच्दा सोच्दै मेरो
आत्मबल दिनदिनै बढ्दै गयो
अझै पनि कसैले बिचरी भन्छन्
तर मैले आफ्नो हिम्मत हराउन दिइन।
जसरी दिनहरु बित्दै गए त्यसरी नै म आफ्नो
कोशीसले सफलताको शिखर चुम्ने आँट गर्न थाले
हिजो आज दुःखकष्ट भएपनि
भोलि पर्सि सुख र खुशियाली आउछ
कसले भनेको छ र रातपछि
फेरि दिन फर्कदैन भनेर।
जिवनमा केही गर्दा खुट्टा
तान्ने त अवश्य नै हुन्छन्
तर खुट्टा तान्ने हरुलाई पछि पार्दै
अघि बढ्नेहरू नै सफलताको शिखरमा पुग्छन्।
श्रीइच्छा केसी
नक्साल, काठमाडौँ