Sunday 22nd February 2026

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरस बाट विश्वभरका ३ करोड बढि मानिस संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार अपरान्हसम्म काेराेनाभाइरस संक्रमित हुनेको संख्या ३ करोड ७४ हजार नाघेको छ ।

विश्वमा कोरोनालाइ जित्नेको संख्या भने दुई कराेड १८ लाख २७ हजार नाघेकाे छ । अहिलेसम्म ९ लाख ४५ हजार भन्दा बढिको ज्यान लिइ सकेको कोरोना भाइरसको सबै भन्दा बढि संक्रमित अमेरिकामा छन् ।

अमेरिकामा ६८ लाख २८ हजार भन्दा बढि संक्रमित भएका छन् । ४१ लाख १९ हजार भन्दा बढि निको भएको अमेरिकामा कोरोना संक्रमणको कारण २ लाख १ हजार बढिले ज्यान गुमाएका छन् ।

संक्रमितको हिसाबले दोश्रो स्थानमा रहेको भारतमा ५१ लाख २२ हजार भन्दा बढि संक्रमित छन् । केहि हप्ता यता भारतमा संक्रमित हुनेको संख्या ह्वात्तै बढेर गएको छ । भारतमा कोरोना संक्रमण हुनेको संख्या ४० लाख २५ हजार भन्दा बढि छ भने मर्नेको संख्या ८३ हजार नाघेको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा ४४ लाख २१ हजार भन्दा बढि संक्रमित भइ ३७ लाख २० हजार बढि संक्रमण मुक्त भएका छन् भने ब्राजिलमा कोरोनाको कारण १ लाख ३४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

चाैथो स्थानमा रहेको रसियामा १० लाख ८५ हजार भन्दा बढि संक्रमित भइ ८ लाख ९५ हजार बढिले कोरोनालाइ जितेका छन् भने त्यहाँ १९ हजार बढिको कोरोनाको कारण ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...