Sunday 21st September 2025

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरस बाट विश्वभरका ३ करोड बढि मानिस संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार अपरान्हसम्म काेराेनाभाइरस संक्रमित हुनेको संख्या ३ करोड ७४ हजार नाघेको छ ।

विश्वमा कोरोनालाइ जित्नेको संख्या भने दुई कराेड १८ लाख २७ हजार नाघेकाे छ । अहिलेसम्म ९ लाख ४५ हजार भन्दा बढिको ज्यान लिइ सकेको कोरोना भाइरसको सबै भन्दा बढि संक्रमित अमेरिकामा छन् ।

अमेरिकामा ६८ लाख २८ हजार भन्दा बढि संक्रमित भएका छन् । ४१ लाख १९ हजार भन्दा बढि निको भएको अमेरिकामा कोरोना संक्रमणको कारण २ लाख १ हजार बढिले ज्यान गुमाएका छन् ।

संक्रमितको हिसाबले दोश्रो स्थानमा रहेको भारतमा ५१ लाख २२ हजार भन्दा बढि संक्रमित छन् । केहि हप्ता यता भारतमा संक्रमित हुनेको संख्या ह्वात्तै बढेर गएको छ । भारतमा कोरोना संक्रमण हुनेको संख्या ४० लाख २५ हजार भन्दा बढि छ भने मर्नेको संख्या ८३ हजार नाघेको छ ।

संक्रमितको हिसाबले तेश्रो स्थानमा रहेको ब्राजिलमा ४४ लाख २१ हजार भन्दा बढि संक्रमित भइ ३७ लाख २० हजार बढि संक्रमण मुक्त भएका छन् भने ब्राजिलमा कोरोनाको कारण १ लाख ३४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

चाैथो स्थानमा रहेको रसियामा १० लाख ८५ हजार भन्दा बढि संक्रमित भइ ८ लाख ९५ हजार बढिले कोरोनालाइ जितेका छन् भने त्यहाँ १९ हजार बढिको कोरोनाको कारण ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय दूतावासले भारत र नेपाल बीचको यात्रा र त्यहाँको वर्तमान अवस्थाको बारेमा सल्लाह जारी गरेको छ। नेपालस्थित भारतीय दूतावासले भनेको…

इजरायलको आपतकालीन चिकित्सा सेवा म्यागेन डेभिड एडोमका अनुसार बिहीबार जोर्डन र इजरायली-कब्जा गरिएको वेस्ट बैंक बीचको सीमा क्रसमा बन्दुक र…

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

प्रतिकृयाहरू
...