Friday 6th November 2026

नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जना संक्रमित थपिए, हालसम्म ४०६३८ जना निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जना संक्रमित भएका छन् । सोहि अबधिमा १०६२ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ ।

अहले सम्म संक्रमित भएकाको कुल संख्या ५६७८८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा १५७७९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३७१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ४०६३८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ७ जिल्लाका ४ महिला र ७ पुरूष गरि ११ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ७ हजार २ सय ५० जना रहेका छन् भने आइसियुमा १७४ जना र भेन्टिलेटरमा २८ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७६४० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८१३९ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ९४ लाख ८७ हजार भन्दा बढि संक्रमित भइ २ करोड १३ लाख १३ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ९ लाख ३३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली, ५ नोभेम्बर। भारतको रक्षा अनुसन्धान तथा विकास सङ्गठन (डीआरडीओ) ले स्वदेशमै विकास गरेको ‘प्रलय’ अर्ध-ब्यालिस्टिक सतहबाट सतहमा प्रहार…

अन्तरिक्षमा प्रतिघण्टा करिब ३४ लाख किलोमिटर अर्थात् प्रतिसेकेन्ड ९५४ किलोमिटरको अविश्वसनीय गतिमा दौडिरहेको एउटा विशाल ब्ल्याक होलले आफ्नो पछाडि नवजात…

विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले ५ नोभेम्बर…

प्रतिकृयाहरू
...