Monday 19th January 2026

अक्सफोर्डको कोरोना विरूद्धको खोप पुनः परिक्षण सुरू


तितोपाटी – बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । संसार भर विकास गरिदै रहेका दर्जनाै खोप मध्ये सबैभन्दा विश्वासिलो मानिएको अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोप कार्यक्रम रोकिएपछि चोतर्फी चिन्ता बढिरहेका बेला खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको अक्सफोर्डले जनाएको हो ।

खोप परीक्षणमा सहभागी एक जना महिला स्वयंसेवकमा सन्देहपूर्ण प्रतिकूल प्रतिक्रिया देखिएपछि गत मंगलबार खोपको अन्तिम क्लिनिकल परीक्षण स्थगित गरिएको थियो । यो स्थगन लम्बिन सक्ने चिन्ताबीच पुनः सुरु गरिएको हो । परीक्षणका क्रममा उक्त खोप विश्वभर करिब १८ हजार जनालाई दिइसकिएको छ । खोप परीक्षणमा सहभागी हजारौंमध्ये कोही बिरामी हुनु सामान्य भए पनि प्रत्येक सहभागीको सुरक्षालाई ध्यानपूर्वक मूल्यांकन गरिने अक्सफोर्डको विज्ञप्तिमा उल्लेख छ । गत साता अस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिमार’ का कारण अन्तिम क्लिनिकल परीक्षण तत्कालको लागि स्थगित गरेको जनाएको थियो ।

उक्त खोपको अन्तिम अर्थात् तेस्रो परीक्षणको नतिजा कस्तो आउँछ भनेर संसारभरि नै निकै उत्सुकताका साथ हेरिएको छ । उक्त खोपको तेस्रो परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी झन्डै ३० हजार व्यक्ति सहभागी भइरहेका छन् । अक्सफोर्ड र अस्ट्राजेनेकाले तेस्रो चरणमा विश्वभर ५० हजार जनासम्म सहभागी हुने अपेक्षा गरेका छन् । यस अतिरिक्त उक्त परीक्षण जापान र रुसमा समेत विस्तार गरिने कम्पनीको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वमा करिब १ सय ८० वटा खोप परीक्षण जारी छ । तर, अहिलेसम्म कुनैले पनि मान्यता पाएका छैनन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...