Monday 30th March 2026

सरकारले कोरोना परिक्षण शुल्क घटायो, अब २००० मा परिक्षण गर्न पाइने


तितोपाटी – नेपाल सरकारले कोरोना परिक्षण गरिने पीसीआर परीक्षणको शुल्क घटाउँदै अधिकतम शुल्क २ हजार रुपैयाँ कायम गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा बोल्दै अब उपरान्त पीसीआर परीक्षणको शुल्क अधिकत २ हजार रुपैयाँ मात्रै कायम गरिएको जानकारी दिएका हुन् ।

सरकारले १५ दिनमा दुईपटक गरेर सुरुमा कायम भएको शुल्कको आधीभन्दा बढी नै रकम घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा परिक्षण कीटको मुल्य घटेकोले सरकारले सोही बमोजिम परिक्षण शुल्कको समायोजन गर्दै पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ ।

हाल नेपालभर कुल ४७ वटा प्रयोगशालाबाट दैनिक करिब दश हजार हाराहारी पीसीआर परीक्षण हुने गरेको छ । ४७ मध्ये ३४ वटा सरकारी प्रयोगशाला छन् भने १३ वटा निजी प्रयोगशाला छन् । नेपालमा हाल पीसीआरमा मल्टिप्लेक्सिङ गरी प्राय तीन प्रकारका जिनहरु हेरिन्छ– एन जीन, ई जीन र ओआरएफ वान एबी ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...