Friday 5th December 2025

केहि मन छुने मुक्तकहरू -राम भण्डारी


गाउँ-बस्ती भन्दा सुनसान शहर हुनथाल्यो ।
आफ्ना जन सँग छिट्टै भेट्ने रहर हुनथाल्यो ।
जाने हो कहाँ?कसोगरी बाँच्ने अनि बचाउने
जिबन धान्ने यो अमृत पवन जहर हुनथाल्यो ।

म झर्दै छु रे भन्छन् तर उकालो चढेझैं लाग्छ ।
मर्दै छु भन्छन् तर बाँच्ने आशा बढेझैं लाग्छ ।
मलाई शंका छ झुटा विवरण सुनेर त्यसैले
मेरो आत्मबल ले सबैको मन डढेझैं लाग्छ ।

मन सँग यो विचार पनि झस्किएर गयो ।
खाटा बसेको घाउ झन् चस्किएर गयो ।
वायू बेग जस्तैगरि आयो बिना प्रवेशाज्ञा
ईतिहास ले नभुल्ने व्यथा पस्किएर गयो ।

कस्ले खोल्छ दु:खी जनका पोकाहरु सबै ।
संगालेर गाँठो पारि राखेका धोकाहरु सबै ।
समाज को तिरस्कार सहन्छु बरु बिन्ती छ
कहिल्यै बन्द नहोस मनका ढोकाहरु सबै ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैँ ।


सम्बन्धित शीर्षकहरु

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

इजरायली सेनाले बिहीबार भनेको छ कि उसको सेनाले दक्षिणी गाजाको रफाह मुनि सुरुङमा फसेका लगभग ४० हमास लडाकूहरूलाई मारेको छ,…

प्रतिकृयाहरू
...