Thursday 28th March 2024

जापानकी ओसाकाले जितिन् युएस ओपन च्याम्पियन


तितोपाटी – टेनिसमा चाैथो वरीयताकी जापानकी नाओमी ओसाकाले आइतबार विहान सकिएको खेलमा यूएस ओपन जितेकी छिन् । एक सेटले पछाडि रहेको स्थिति उल्टाएर उनले फाइनलमा बेलारुसकी भिक्टोरिया अजरेन्कालाई १–६, ६–३ र ६–३ ले हराइन् । युएस ओपन ग्राउण्ड्सलाममा महिलातर्फको खेलमा ओसाकाले दोश्रो पटक युएस ओपन जितेकी हुन् ।

चौथो वरीयताकी ओसाकाले गैर वरीयता प्राप्त आफ्ना प्रतिद्वन्द्वी जित निकाल्न दर्शकविहीन आर्थर ऐस स्टेडियममा १ घण्टा ५३ मिनेट खर्चेकी थिइन् । यससँगै २२ वर्षीया ओसाकाले जितेको ग्रान्ड स्लाम उपाधि तीन पुगेको छ ।

खेलको पहिलो सेटमा अजरेन्काले ६-१ ले ओसाकालाई हराएकी थिइन् तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन्। उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन्। तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६-३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भएन्।

यसअघि सन् २०१८ मा पनि यूएस ओपन जितेकी ओसाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन पनि हात पारेकी थिइन् ।

ओसाकाले त्यही स्थितिबाट खेलमा पुनर्आगमन रचिन् र ११ गेममध्ये १० मा जित निकालिन् ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...