Monday 16th February 2026

कलाकार शितल शर्माद्वारा ढोरपाटन बाढीपीडितका लागि सहयोग जुटाउँदै


तितोपाटी- कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटन बाढीपीडितका लागि सहयोग गर्न आर्थिक सहायता जुटाउँदै छिन् । कलाकार शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।

गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण १७ जना व्यक्तिहरुको मृत्यु भएको थियो । उक्त बाढीका कारण अझै २२ जना व्यक्तिहरु बेपत्ता भएको बताईएको छ । बाढीले भुजी खोलाका तटिय क्षेत्रका ३१ भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ ।

बाढी पहिरोका कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारलाई सहयोग गर्न गायिका शर्माले सहयोग अभियान चलाएकी हुन् । ‘बाढी पहिरो आएर ढोरपाटन नगरपालिका वडा नं. ९ मा कयौं व्यक्तिहरु बेपत्ता भएका र घर समेत बगाएको समाचार सुन्ने बित्तिकै मेरो मनमा सहयोगको भावना आईहाल्यो ।’ गायिका शर्माले भनिन, ‘बाढी पीडितका लागि थोरै भएपनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र मैले देश विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको आग्रह गरें ।’

‘मलाई धेरै व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ ।’ उनले जोड दिंदै भनिन्, ‘सहयोग गर्छु भनेर अरु व्यक्तिहरुबाट फोन, म्यासेज आईरहेको छ । सहयोग गर्ने व्यक्तिहरुको बारेमा मैले फेसबुक मार्फत उहाँहरुको नाम सार्वजनिक गरेकी छु ।’ यस किसिमको सहयोग मानवताको नाताले पनि गर्नुपर्ने उनको तर्क छ ।

गायिका शर्माले आर्थिक सहयोग संकलन गर्ने क्रम जारी रहेको बताईन् । केही दिनपछि बाढीपहिरो आएको ठाउँमा गई पीडितहरुलाई प्रत्यक्ष सहयोग गर्ने उनले बताईन् । गायिका शर्माले अहिलेसम्म डेढ लाख रुपैयाँ उठिसकेको र अझै सहयोग आउने क्रम जारी रहेको जानकारी दिईन् । बाढी पीडितको घाउमा मल्हम लगाउने उद्देश्यले सहयोग अभियान सुरु गरेको उनको भनाई छ ।
बाढीपीडितहरुलाई सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई उनले धन्यवाद दिंदै भनिन्, ‘मान्छेलाई दुःख पर्दा सबैले सहयोग गर्ने हो । यदि कसैको ईच्छा भए सहयोग गर्न अपिल गर्दछु


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...