Sunday 12th April 2026

नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, मर्नेको संख्या ३०० पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व समुदायलाइ त्राहीत्राही पारिरहेको कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अाज अध्यावधिक गरिएको १८६ अाैं मिडिया ब्रिफिङमा बताइएको छ । मृत्यु हुने हरूमा प्रदेश १ का एक जना पुरूष, प्रदेश २ का २ जना पुरूष, प्रदेश ३ का ३ महिला र ३ पुरूष गरि ६ जना, प्रदेश ४ का १ जना महिला र प्रदेश ५ का १ जना पुरष रहेका छन् ।

मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्। मृत्यु हुने महिलामा तीनजना काठमाडौंका छन् भने एक जना कास्कीकी रहेकी छन्। मन्त्रालयका अनुसार काठमाडौंका ९०, ८३ र ३७ वर्षीया र कास्कीकी ६३वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी सिराहाका ८७ र ६२ वर्षीय दुईजना पुरूष, मोरङका ७६ वर्षीय पुरूष,सर्लाहीका ३५ वर्षीय पुरूष, दोलखाका ६९ वर्षीय पुरूष, मकवानपुरका ३९ वर्षीय पुरूष र बाँकेका ५९ वर्षीय पुरुषको निधन भएको राष्ट्रय अध्यावधिक प्रतिवेदनमा जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...