Wednesday 12th November 2025

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना सक्रमित भइ १७३६ निको भए, थप ११ को मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४७२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६२५९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १७३६ जना कोरोना जितेर घर फर्केका छन् भने ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल ३०६७७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडाैंका ३ र कास्कीकी १ गरि ४ महिला तथा सिराहा का २ जना र मोरङ, सर्लाही, दोलखा, मकवानपुर र बाँकेका १-१ जना गरि ७ पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ७७ हजार ५ सय ६३ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ४ हजार ७ सय ३९ जना रहेका छन् भने आइसियुमा १७१ जना र भेन्टिलेटरमा २० जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७१९० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९०६९ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ७३ लाख ९ हजार भन्दा बढि संक्रमित भइ १ करोड ९३ लाख ८० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ९३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...