तितोपाटी- राष्ट्रपति विद्या भण्डारीले टीका ढकाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेकी छिन् । उनले पाँचथरका ढकाललाई दुई बर्षका लागि सञ्चार विज्ञको रुपमा नियुक्त गरेकी हुन् ।
पाँचथरका ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । यसअघिका विज्ञ माधव पौडेलको कार्यकाल सकिएपछि ढकाललाई नियुक्त गरिएको हो ।
पौडेलको यसअघि म्याद थप गरिएपनि यो पटक भने कार्यालयले थप नगरेको हो । त्यसैगरी राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्र थापको पनि कार्यकाल सकिएको छ । उनको ठाँउमा भने कसैलाई नियुक्त गरिएको छैन ।
यसअघि सुशील प्याकुरेलले राजनीतिक सल्लाहकारवाट राजीनामा दिएका थिए । अहिले राष्ट्रपतिका विज्ञ सल्लाहकारमा लालबाबु प्रसाद यादव र लक्ष्मी कार्की मात्र कार्यरत छन् ।