Sunday 12th April 2026

लघुकथाः नेगेटिभ -नारायण कोइराला


एक दिन दिउँसो तीर म झ्यालबाट बाहिर हेर्दै थिएं। एउटी बुढी आमा रोडमा छट्पटिदै हुनुहुन्थ्यो। म वहां निर गएं, सबै जनाले नछो भन्दै थिए । मेरो मन मनेन, मैले वहाँलाई समाए ।

मेरो मुख तिर हेरी आँखाबाट बर्वरी आँसु झार्नु भाे । बोतलको पानी पिलाए आधा जति पिए पछि लामो श्वास फेर्नु भयो ।

आमा नाआतिनु भने, वहाँलाई ज्वरो आएको थियो । यस्तो अवस्थामा पनि कोही सहयोग गर्न आएको देखिएन । अब के गर्ने म अलमल परें । एम्बुलेन्स सेवालाई फोन गरी रहे । कोही आऊन तयार रहेको छैन । सबै पहिला के भाको मात्र भने, ज्वरो भन्यो फोन काटी हाल्छन । बुढी आमा रोडमा हुनुहुन्छ छोडन पनि सकेको छैन ।

धेरै प्रयास पछि कोरोन हस्पिटल बाट लिन आउनी भो।
मैले लामो सास लिए, आमाको उपचार हुनि भयो भनि । गाड़ी आएर आमालाइ लिएर गयो । केही भए फोन गर्नु भन्दै नम्बर दिएको थिए।

२/३ दिन भो केही खबर आएको थिएन । मैले कोरोना हस्पिटलबाट हुने लापरबाही सुनेको थिए । आज म वहाँको हालचाल बुझ्न हस्पिटल तिर लाए । हस्पिटल जाँदा न डाक्टर छन् न त नर्स नै ! पाले दाईले सोध्नु भो मलाई,कसलाई खोज्नु भो भन्दै। आमाको नाम लिएर कस्तो छ, भनी सोधे । उनी पनि झन अलमलमा परे । ए ए अस्ति आउनु भाको आमा, वहाँको त मृत्यु भएको हो आज बिहान । म झन तर्सिए । अकस्मात सोधें, वहाँको रिपोर्ट? बीचमा बोले उनी, आज आयो नेगेटिभ ।

म आफैलाई मन सम्हाल्न गार्हो भयो । यो मेरो देशको अवस्था देखि । आमाको लासको पोको हेरी आफ्नो बाटो लागें ।

तानसेन पाल्पा
हालः यूएई ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...