Monday 16th February 2026

नेपालको कोरोना अपडेटः ९८० जना थपिदा १८१४ जना निको भए, थप ९ जनाको मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४६२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७०२७ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ३५४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना कोरोना जितेर घर फर्केका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल २८९४१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा मोरङकी एक ६४ वर्षीया महिला र झापाकी एक ४५ वर्षीया महिला तथा मोरङका ४५ वर्षीय पुरूष, धनुषाका ३५ वर्षीय पुरूष, पर्साका ७७ वर्षीय पुरूष, चितवनका ७० वर्षीय पुरूष र काठमाडाैंका ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय पुरूष गरी २ महिला र ७ पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ४ हजार ७ सय ३ जना रहेका छन् भने आइसियुमा १४७ जना र भेन्टिलेटरमा २७ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७८२६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९२०१ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ७० लाख ९५ हजार भन्दा बढि संक्रमित भइ १ करोड ९२ लाख ११ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ८४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...