Sunday 22nd March 2026

निषेधाज्ञाको समयमा पनि रातो मच्छन्द्रनाथको रथ तानियो, प्रहरीले रोक्न खोज्दा झडप


तितोपाटी – कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानीएको छ । ललितपुरको पुल्चोकमा रहेको रथ तानेपछि भिडभाड भएकोले निषेधाज्ञाको पालना नभएको भनि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुमा पानीको फोहोरा प्रयोग गरेको छ।

भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ भने प्रत्युत्तरमा रथ तान्ने समुहले प्रहरीलाइ ढुंगामुढा तथा गुलेली समेत प्रहार गरेपछि दोहोरो पक्षबिच झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो । झडपमा परि केहि युवा तथा प्रहरी समेत घाइते भएका छन् ।

सहकालका देवता रूपमा चिनिएका रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले  असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्। मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन।

रथयात्राबारे गुठी संस्थान र ज्यापु समाजले भने जानकारी नभएको बताएका छन्। रथयात्राबारे निर्णय गर्न गुठी संस्थानको बैठक आज दिउँसो बोलाइए पनि त्यस अघि नै रथ तानिदा सम्वन्धित संस्थाहरु अन्यौलमा परेका छन्।

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...