Sunday 22nd March 2026

मर्स्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी


तितोपाटी- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिक आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ। सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए।
‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ,’ प्रहरी उपरीक्षक पौडेलल भने। उनका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक सडकमा देखिएको थियो । रासस


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...