Tuesday 17th March 2026

कोरोनाको कहरमा पनि रोकिएन मानव तस्करी


तितोपाटी- कोरोना कहरको बेलापनि मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी आएको छैन ।

कोभिड–१९ का कारण बेरोजगारी बढिरहेको बेला विभिन्न प्रलोभनमा पारी बिचौलियाले सोझासाझा युवतीलाई सीमा कटाउने गरेको पाइएको छ ।

यसैबीच कपिलवस्तुको कृष्णनगर, तौलिहवा र चन्द्रौटा क्षेत्रमा रहेर सीमा निगरानी गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो चार महिनामा २२ युवतीलाई बेचबिखनबाट जोगाएको छ ।

लकडाउनको मौका छोपी विभिन्न प्रलोभन देखाई बेचबिखनका लागि भारत लगायत तेस्रो मुलुकमा लैजान लागेका ती युवतीहरुलाई शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये ८ जनालाई भारतका विभिन्न शहरबाट नेपाल फर्काइएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

१४ जनालाई भने नेपाल भारतको सीमा परामर्शका क्रममा घर फर्काइएको पीआरसी सुपरभाइजर बसन्ती जि.सी.ले जानकारी दिएकी छन् । लकडाउनको समयमा सबैभन्दा बढी साउन महिनामा ११ जनालाई बेचबिखनबाट जोगाउन सफल भएको पीआरसी सुपरभाइजर जि.सी.ले बताइन् ।

यसैगरी जेठमा २ जना, असारमा ८जनाको उद्धार गर्न सफल भएको पीआरसी जिल्ला संयोजक निशा पन्थीको भनाई छ । “यता भदौ महिनामा भने १ जनाको उद्धार गर्न सफल भयौं” –जिल्ला संयोजक पन्थीले भनिन् ।

उद्धार गरिएकामध्ये १२ जना प्रहरी मार्फत र १० जनालाई संस्था मार्फत घर परिवारलाई जिम्मा लगाइएको क्षेत्रीय संयोजक भट्टराईले बताए । भारतबाट उद्धार गरिएका ४ जनाको मुद्दा दर्ता भई अनुसन्धान कार्य अघि बढेको पीआरसी क्षेत्रीय संयोजक भट्टराईले जनाएका छन् ।-साभार दैनिकनेपाल बाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...