Friday 19th April 2024

गाउँ बस्तीको जनताका गायक रामजी बुढाथोकी


आर.बि. बुढाथोकी – गीत सङ्गीतको दुनियाँमा अहिलेका बहु चर्चित युबा गायक रामजी बुढाथोकी अहिले सबै सामु परीचित नाम हो । चर्चित लोक गीतहरु गाएर उनी जिल्लामा मात्र होइन नेपाल अधिराज्यभर चिनिएका छन । छोटो समयमा धेरै र स्तरिय गीतहरु गाएर सबैको मन जित्न सफल भएका छन् ।

‘हे मेरी कान्छु’ र ‘सिरु फुल्यो सेतै’ गीतबाट शिखर चुम्न पुगेका गायक बुढाथोकी पछील्लो समय तीज गीत तीजको बर्तबाट पनि निकै चर्चा कमाए । जसमा चर्चित गायिका सिता घिमिरेले उनलाई साथ दीएकी छिन र बहु चर्चित र सुन्दरी मोडल भनेर चिनिएकी अन्जली अधिकारीले अभिनय गरेकी छिन।

चर्चित गायक रामजी बुढाथोकीको जन्म २०४५ साल चैत्र १२ गते बुवा पदम बहादुर बुढाथोकी र आमा हिम कुमारी बुढाथोकीको कोखबाट रामेछाप जिल्ला खाडदेबी गाउ पालिका वार्ड न ६ टाहार टोलमा भएको थियो । परिवारका माइलो छोरा बुढाथोकीका एक दाई दिपक र दुई भाई प्रकाश र कैलाश छन। प्रारम्भिक शिक्षा र माद्यामिक शिक्षा आफ्नै गाउँमा पुरा गरेर उच्च शिक्षाको लागि राजधानी धाएका गयक त्यस समय गायक बन्छु भन्ने कुनै योजना थिएन र त्यती सजिलो पनि थिएन । मध्यम बर्गिय पारीवारमा जन्मिएका बुढाथोकी राजधानीमा स्थापित हुन त्यती सहज थिएन र त उनले नगरेका काम पनि धेरै कम मात्र होला । अन्तमा हार्डवयर पेशामा राम्ररी स्थापित भए पछी उनलाई होस आयो कि समाजका लागि पनि केही गरेर देखाउनु जरुरी छ जसले मलाई सधैं सम्झी रहुन ।

जसका कारण उनले गायकी पेशामा हात हाले र छोटो समयमा सफलताको शिखरमा पुगे । उनका गीतहरु लोकल बसमा होस या लामो दुरीको यात्रामा या त कुनै दोहोरी साझ मा होस या होटल रेस्टुरेन्ट मै किन नहोस,कल कारखाना होस यात कुनै निजी गाडी मै किन नहोस मज्जाले घनघन्ती बजिरहेका हुन्छन र सबैको मन मस्तिक्समा पुगेर गुनगुनाइ रहेका हुन्छ । दुरुस्त गाउले काठे भाकाले गाउँने र गाउ बेशीको कथाबेथालाई गीतमा समेट्ने हुँदा उनका गीत गाउ गाउ बस्ती बस्तीमा झन बढी चर्चित छन । उनले गाएका अधिकाम्स गीतहरु आफुले नै रचना गरेको हुने हुँदा गाउमा भोगेका दु:ख बेथालाई जस्ताको तस्तै उतार्ने हुँदा पनि बढी चलेका छन । रामेछाप जिल्लामा गायक जन्मिने कुनै नौलो त होइन तर दिर्घकालिन नहुँदा धेरै गायक गायिकाहरु बिस्तापित भएर गएका छन । तर रामजी बुढाथोकी भने बिगत आधा दशकदेखी यो लाइनमा जमेका जमै छन र अब लामो समय सम्म गीत संगितमा लागि रहने उनको प्रण छ ।

आफ्नो जिल्लालाई सबै सामु चिनाउनु पर्छ भनी न्याओचित ढंगबाट उनले शुरुमा रामेछाप जिल्ला र स्थानिय गाउका नाम तथा मठ मन्दिरलाई गीतमा समाबेश भएर प्रसम्सा बटुले भने पछील्लो समय समग्र रुपमा देशको नेत्रुत्व गरेर गीतहरु गाएका छन । गीत संगित र आफ्नो ब्यापारलाई समान्तर रुपमा अगी बढाएका कारण उनी दुबै पेशामा सफल मानिएका छन । आफ्नै पौरखले कमाएर उनले राजधानीमा राम्रो बास बनाएका छन भने आफ्नो गाउमा पनि एउटा पक्की घर बनाउन सफल भएका छन । कमै लोक गायक गयिकाहरुले कार चड्ने यो क्षेत्रमा शुरुका दिन देखी नै आप्नो निजी गाडी लिएर हिंड्न सक्ने हैसेत बनाएका छन । आफ्नो पेशामा सधैं इमान्दार र सकरात्मक सोच बोकेर अगी बढेका कारण उनी सानो उमेरमा सफता चुम्न सकेका हुन भन्नेमा कुनै दुई मत छैन । खाडदेबीको दर्शन गरुला,कालो कोठी,राम्रो रइछ रामेछाप,तिम्रो जल्को मेटिन्न कुनैले,टिका र जमरा,माली गाई जस्ता उनका चर्चित गीतले उनलाई चिनाउन मद्त पुर्याएको छ । उनको संगितमा निरन्तर साधनाका कारण प्राय सबै गीतहरु चलेका छन र सबैका लागि प्रेरणादायी छन । उनका सम्पूर्ण सफलतामा आफ्नी जिबन सङगीले पनि भरपुर साथ र सहयोग पुर्याएकी छिन ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...