Saturday 11th April 2026

नेपालमा कोरोनाबाट एकै दिन १४ जनाको मृत्यु, मर्नेहरूको जम्मा संख्या २२१ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । कोरोनाको कारण एकै दिन ज्यान गुमाएको  यो अहिले सम्म कै अधिक संख्या हो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरू महोत्तरी, सुनसरी, बारा र  काठमाडाैं का ४ महिला र महोत्तरी र रूपन्देहीका २-२ जना तथा मोरङ, सुनसरी, राैतहट, भक्तपुर, ललितपुर र नवलपरासीका १-१ जना पुरूष गरि १० पुरूष रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीकी ७४  वर्षीया, बाराकी ४७ वर्षीय, महोत्तरीकी ६२ वर्षीया र काठमाडाैंकी ७२ वर्षीया गरि ४ जना महिलाको मृत्यु भएको हो

त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङको ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, राैतहटको ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५ वर्षीय, नवलपरासीको ६२ वर्षीय र रूपन्देहीको ५७ र ६७ वर्षीय पुरूष गरि १० जना पुरूषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।

यस अघि हिँजो र अस्ति कोरोना संक्रमणको कारण १२-१२ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...