Friday 14th August 2026

नेपाल आइडल सिजन–३ को विजेता बनिन् मोरङकी सज्जा चौलागाईं


तितोपाटी – नेपाल आइडल सिजन–३ को विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा सिजन–३ को विजेता बन्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण र किरणकुमार पुगेका थिए।

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाखनगद प्राप्त गरेका छन्।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो । ग्रान्ड फिनालेका सम्पूर्ण प्रस्तुतिहरु सकिएपछि नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा निर्णायक आइसोलेसनमा गएपछि आयोजकले विजेता घोषणा गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...