Monday 16th February 2026

पछिल्लो २४ घण्टामा ९२७ जना संक्रमित, थप १२ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३६४५६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६०१९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १९५ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४१५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १६९ जना कोरोना जितेर घर फर्केका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शक्रबार अपरान्ह सम्म कुल २०२४२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ४ महिला र ८ पुरूष गरि १२ जना रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख ५८ हजार १ सय १० जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ८ हजार ९ सय ३९ जना रहेका छन् भने अाइसियुमा १६४ जना र भेन्टिलेटरमा २२ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६४४६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९५७३ जना उपचाररत रहेका छन् । अाज मात्रै वीरगञ्जको नेश्नल मेडिकल कलेज टिचिङ हस्पिट, काठमाण्डाैंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाइ कोभिड-19 अस्पतालमा सूचीकृत गरिएको छ भने केन्द्रिय अस्पतालमा १००० बेड थप, प्रादेशिक अस्पतालमा १९५७ बेड थप र स्थानीय पालिका लेबलमा ६४९ पालिकामा हरेक पालिकामा ५ बेडका दरले ३२४५ बेड थप गरि जनशक्ति सहित व्यावस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा जनाइएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ४६ लाख ६१ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७१ लाख १७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ३६ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...