Sunday 22nd March 2026

बिरामी भएपछि जापानका प्रधानमन्त्रीले दिए राजिनामा


तितोपाटी – जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन्। उनले बिरामी भएपछि आफ्नो पदावधि सकिनु एक वर्ष बाँकी रहँदा नै शुक्रबार राजीनामा दिएका हुन्।समाचार संस्था रोयटर्सका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।’मैले जनताको लागि राम्रा निर्णय गर्न सकिनँ भने म प्रधानमन्त्री बन्न सक्दिनँ। मैले पदबाट राजीनामा दिने निर्णय गरिसकें,’उनले पत्रकार सम्मेलनमा भने।

पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको थियो।यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए।आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्। आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्। अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत बान्ता गर्ने गरेको हल्ला चलेको थियो।पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...