Sunday 18th January 2026

नेपालमा एकै दिन ११११ कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु, ५६९ जना निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३५५२९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १५२७३ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १८३ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना जितेर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल २००७३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ललितपुरकी ६५ वर्षीया १ महिला, बाराकी २३ वर्षीया १ महिला, कास्कीकी ३२ वर्षीया १ महिला, रूपन्देहीकी ७० वर्षीया १ महिला र बाँकेकी ७० वर्षीया १ महिला तथा काठमाडाैंका ४८ वर्षीय १ पुरूष, पर्साको ६२ वर्षीय १ पुरूष र कपिलबस्तुको ५० वर्षीय १ पुरूष गरि ८ जना रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख ४७ हजार ८ सय ८१ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ९ हजार ४ सय ४८ जना रहेका छन् भने भेन्टिलेटरमा १७ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ६२१० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९०६३ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ४३ लाख ६३ हजार भन्दा बढि संक्रमित भइ १ करोड ६८ लाख ९५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ३० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...