Saturday 27th December 2025

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो, जम्मा १४६ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३१११७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १२६२१ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३९१६ जना होम आइसोलेशनमा छन् भने बाँकी ८७०५ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना जितेर घर फर्केका छन् भने ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १८३५० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा सुनसरीकी ६ वर्षीया बालिका, सुनसरी कै अर्का ६७ वर्षीय पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिराहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ५ लाख ९२ हजार ४ सय १८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना रहेका छन् । आइसियुमा १३५ जना र भेन्टिलेटरमा १२ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ३१ लाख ४६ हजार भन्दा बढि संक्रमित भइ १ करोड ५७ लाख ३० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...