Tuesday 17th March 2026

बाहुनछेत्री शरणार्थी हो भन्दै म्युजिक भिडियोमा झण्डा र नेताहरुको फोटो जलाइयो


तितोपाटी- अहिले सामाजिक सञ्जालमा एउटा गीति भिडियो र सोही भिडियोबाट निकालिएको फोटो भाइरल भइरहेको छ । मंगल होप नामक युट्युब च्यानलबाट सार्वजनिक ‘देशद्रोही’ नामको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको देखाइएको छ । झण्डा सँगसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेताहरुको फोटो पनि जलाइएको छ ।

सो भिडियोमा शरणार्थी बाहुनछेत्री हो भन्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको फोटो जलाइएको छ ।

सो गीतमा आपत्तिजनक शब्दहरु समेत प्रयोग गरिएको छ । ‘ढालजस्तो ढाकाटोपि’, ‘ब्राजस्तो हिन्दु झन्डा बोकी’, ‘हेहे! होहो शरणार्थी बाहुनछेत्री हो!’ जस्ता शब्दहरु गीतमा समावेश गरिएको छ । सो गीतको भिडियोमा लाइक भन्दा बढी डिसलाइक आएको छ भने कमेन्ट गर्नेहरु प्रायः सबैले भिडियोप्रति असहमति जनाएका छन् ।

मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ । यसअघि गीतमा छाडा शब्द प्रयोग गर्ने, प्रहरीको लुगा लगाएर आपत्तिजनक भिडियो बनाउनेलाई प्रहरीले समातेको थियो ।

तर यस भिडियोमा त देशकै झण्डा जलाइएको छ, देशका नेताहरुको फोटो जलाइएको र जातीय गाली गलौज गरिएको छ । यति हुँदासमेत अहिलेसम्म भिडियो बनाउने पक्राउ परेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...