Saturday 28th March 2026

मानवता -मुकुन्द कृष्ण थापा


रंगिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा
नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा
खै कहिले पलाउलान् ?
सकारात्मक सोचका पालुवाहरु ।
अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरुमा रमाएर
छुद्र बोली बोल्दै
भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै
बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट
खै कहिले निस्किएलान् ?
मह झैँ गुलिया शब्दहरु ।।

अन्यायको अँध्यारो सुरुङबाट
उद्दारको प्रतीक्षामा थरथरी काँप्दै
सहारा मागीरहेका हातहरुलाई
गरिबीले थकित भएकाहरूको आर्तनादलाई
सुमधुर संगीत सम्झिदै आनन्द मान्नेहरुले
खै कहिले हटाउलान् ?
वर्गीयताको तुलोमा जोखिने बिभेदहरु ।
मेहनत रोपी पौरख फलाउनेहरुमाथि
रजाइँ गरेर
हीनताबोधको हिलो छ्याप्दै
ठालु पल्टिनेहरुले
आत्मीयतालाई कुल्चिदै अस्वस्थ प्रतिस्पर्धामा
धनको गुलियो वरिपरि
फनफनी घुमिरहेकाहरुले
खै कहिले चढ्लान् ?
विवेकका अग्ला अग्ला शिखरहरू ।।

-मुकुन्द कृष्ण थापा
खोटाङ
(मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् )


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...