Saturday 26th September 2026

नेपालमा कोरोनाको कारण पछिल्लो पटक ८ जनाको मृत्यु, जम्मा मृतक ९१ पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ नै चपेटामा पारेको कोभिड-19 नोभल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ । मृत्यु हुनेहरूमा धनुषाका २, काठमाडाैं, धादिङ, मोरङ, सप्तरी, बारा र कपिलवस्तुका १-१ जना रहेका छन् । मर्नेहरूमा ६ जना पुरूष र २ महिला रहेका छन् भने मृतकहरू ३२ वर्षदेखि ७८ वर्ष सम्मका रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधुबारको मिडिया ब्रिफिङमा जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गाैतमका अनुसार मृत्यु हुनेहरूमा ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।

त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका १४ निवासी ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोगी थिए । २७ गते कोरोना पुष्टि भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन १८ गते कोरोना पुष्टि भएको थियो ।

त्यसका साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ८ घर भएका ७२ वर्षीय पुरुषको साउन २७ गते मृत्यु भएको छ । उनी ४ दिनअघि ज्वरो आएर स्वाब संकलन गर्दा साउन २७ गते कोरोना पुष्टि भएको थियो । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाा क्रममा मोरङ बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको साउन २८ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

त्यसैगरी कपिलवस्तु नगरपालिका २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते कोरोनाका कारण मृत्यु भएको हो । ज्वरो तथा निमोनिया भइ उनी साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए । साउन २८ गते कोरोना पुष्टि भएका उनी मिर्गौला तथा दमका रोगी थिए ।

यस अघि सोमबार र मंगलबार ४-४ जनाको मृत्यु भएको थियो । पछिल्लो एक हप्तामा नेपालमा ३१ जनाको मृत्यु भएको छ भने आज अहिले सम्मकै सबै भन्दा धेरैको मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...