Saturday 26th September 2026

नेपालको कोरोना अपडेटः ३८० थपिंदा जम्मा ४० निको भए, थप २ को मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२९७२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६५४४ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४० जना कोरोना जितेर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार आइतबार अपरान्ह सम्म कुल १६३५३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा कास्कीको पोखरा महानगरपालिका-१९ का ६२ वर्षीय पुरुष र पर्सा वीरगन्ज महानगरपालिका-२ बस्‍ने २० वर्षीया महिला रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ४३ हजार  ८ सय ४ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ९८ लाख ४८ हजार भन्दा बढि संक्रमित भइ १ करोड २७ लाख ५० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ३० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...