Thursday 20th August 2026

‘कोरोनाको जटिल अवस्थाबाट बच्न मोटोपना घटाउन चिकित्सकको सुझाव


जिएनएन-लन्डन । कोरोना भाइरस संक्रमितहरु जटिल अवस्थामा जाने सम्भाव्य कारकहरु मध्ये एक मोटोपना घटाउन चिकित्सकहरुले सुझाव दिएका छन्।
मोटोपनाले टाइप टु डाइबेटिज (मधुमेह ) र उच्च रक्तचाप निम्त्याउने चिकित्सकहरु बताउंछन् । मोटोपनाका कारण कोभिड सुधार हुने सम्भावना कम हुने अनुसन्धान हरुले देखाएका छन् ।
बेलायतको नर्फक एन्ड नरवीच युनिभर्सिटी हस्पिटलमा डायबेटिज एण्ड इन्डोक्राइनोलोजी कन्सल्टेन्ट डा. संकल्प न्यौपाने मोटोपनाले डायबेटिज, मुटु सम्बन्धि रोग, श्वासप्रश्वास समस्या, हाड जोर्नी दुख्ने, क्यान्सर, ब्लड प्रेसर आदि रोगहरू निम्त्याउने बताउंछन् ।
डा. न्यौपानेको भनाइमा मानिसहरुको जीवनशैली परिवर्तन, कसरत कम, खेल्ने ठाउं अभाव, फास्टफुड खाना, (हाइ कार्बोहाइड्रेट, फ्याट बढि), बजारमा सजिलै खाना उपलब्ध, मेसिनको काम बढि, हिंडाइ कम आदिले गर्दा मोटोपना बढिरहेको छ ।
पश्चिमी देशको तुलनामा नेपाल लगायत दक्षिण एसियाली मानिसमा मोटोपनाको जोखिम बढि देख्छन् क्याम्ब्रीज विश्वविद्यालयबाट डायबेटिज विषयमा विद्यावारिधि गरेका डा. न्यौपाने।
दक्षिण एसियाली मानिसमा मोटोपना निर्धारण गर्ने बीएमआइ (बडी मास इन्डेक्स) क्राइटेरिया नै फरक हुने न्यौपानेको भनाइ छ । उचाईंमा एडजस्टेड तौलका आधारमा बीएमआइ नापिन्छ ।
‘नेपालीमा मोटोपनाको बढी जोखिम’
नेपालीमा मोटोपनाको बढी जोखिम देख्छन् उनी । नेपालीमा ३, ४ वटा रोग संगै जोडिएका पाइएको छ, जसलाई चिकित्सकीय भाषामा ‘मेटाबोलिक सिन्ड्रम’ भनिन्छ । विशेष गरि अहिले नेपालीमा मेटाबोलिक सिन्ड्रम (कम शारीरिक गतिविधि भएर हुने) मोटोपना, हाइ ब्लड प्रेसर, पेटको बोसो बढि, उच्च कोलस्ट्रोल आदि समस्या एकैचोटी पाइएको छ ।
पेटको फ्याट (एबडोमिनल फ्याट) धेरै किसिमका रोगहरूसंग जोडिएको छ। ‘खाएन भने रोग लाग्छ, दुब्लाइन्छ’ भन्ने गलत मानसिकता धेरैमा रहेको उनी बताउंछन् । खाना सन्तुलित हुनुपर्छ। ‘बिरामीहरु थोरैमात्र भात खान्छु तर पेट किन बढ्छ बुझ्दिन् भन्छन् तर भात बाहेक अरु साइड खाजा अथवा खाना धेरै खांदा मोटोपना झन् बढिरहेको छ’, डा. न्यौपानेले सुनाए ।
जिम जानु मात्र शारीरिक कसरत नहुने डा. न्यौपानेको बुझाइ छ । सिंढीबाट तलमाथि गर्ने, सामान्य हिंडाई, घरको काम, गोडमेल इत्यादि पनि कसरतका प्रकार हुन् । ‘यसले वजन नघटेपनि धेरै थरिको रोग कम हुन्छ, मानिसको आयु बढ्छ’, उनले भने ।
मोटोपनाले ह्दयाघात वा पक्षघात (स्ट्रोक) को जोखिम पनि बढाउंछ । डा. न्यौपानेका अनुसार, मुटुलाई सप्लाइ गर्ने रक्त नली ब्लक भएर रगत नपुगेपछि हार्ट अट्याक हुन्छ । दिमागमा पुग्ने रक्त नली ब्लक भए मस्तिष्काघात (स्ट्रोक) हुन्छ ।
बोसो, कोलेस्ट्रोल आदिले मुटुभित्रको रक्तनली (साना रगतका पाइप) ब्लक गराइदिने भएकाले रक्त प्रणालीको सरसफाइ आवश्यक ठान्छन् न्यौपाने । स्वास्थ खाना, व्यायामले ब्लकेज कम गराउंछ ।
नेपालीमा ‘वंशाणुगत जोखिम’ पनि भएकाले हार्ट अट्याक, मुटुको रोग, स्ट्रोक आदि बढी पाइएको छ ।
मधुमेह (डायबेटिज) पनि कोभिड १९ संक्रमण भएपछि जटिल बनाउने प्रमुख कारण मानिएको छ । डा. न्यौपानेका भनाइमा जीउको इन्सुलिनले काम नगरेपछि डायबेटिज हुन्छ । मोटोपना भए इन्सुलिनले काम गर्न छाड्छ ।
टाइप वान डायबेटिज भने अलग किसिमको मधुमेह हो। यो बाल्य अथवा युवावस्थामा नै देखिन सक्छ । इन्सुलिन बनाउने अंगले काम गरेन भने सुगरको मात्रा बढ्छ । टाइप वान मधुमेह भने मोटोपनाले हुँदैन।
इन्सुलिनले रगतको सुगरलाई टिस्यूमा पुरयाएर सदुपयोग गर्छ । जेष्ठ नागरिकमा भने पातलो अवस्थामा नै डायबेटिज लाग्न सक्ने डा. न्यौपानेले बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...