Monday 28th September 2026

आइपिएलको प्लेअफको समीकरण पुरा


इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको हो ।

शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल बर्षाले रद्ध भएको थियो ।

आइपिएलको यस सिजनमा कोलकोता २० अंकसहित शिर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ । अब पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने छ । यो खेल अहमदावादमा आगामी मंगलबार हुने छ ।

त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ । अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन् । इलिमिनेट खेल मे २२ बुधबार अहमदावादमै हुने छ ।

पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुने छ ।

त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार)मा चेन्नईमा हुने छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...