Saturday 17th October 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या २२५९२ पुग्यो, १६३१३ जना निको भए, जम्मा ७३ जनाको मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १६३१३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिला, पर्सा वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने ७४ वर्षीय पुरुष र मोरङ विराटनगर-९ बस्‍ने ५८ वर्षीय पुरुष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ३५ हजार  २ सय ८९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ९५ लाख ७४ हजार भन्दा बढि संक्रमित भइ १ करोड २५ लाख ६९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख २४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...