Saturday 4th May 2024

नेपालमा कोरोना संक्रमितको कुल संख्या २२५९२ पुग्यो, १६३१३ जना निको भए, जम्मा ७३ जनाको मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १६३१३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिला, पर्सा वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने ७४ वर्षीय पुरुष र मोरङ विराटनगर-९ बस्‍ने ५८ वर्षीय पुरुष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख ३५ हजार  २ सय ८९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ९५ लाख ७४ हजार भन्दा बढि संक्रमित भइ १ करोड २५ लाख ६९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख २४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...