Saturday 26th September 2026

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्यो, एकै दिन ५ जनाको मृत्यु, मर्नेको संख्या ६५ पुग्यो


तितोपाटी – नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने भारतीय सिमामा जोडिएका तराइका जिल्लामा संक्रमणको जोखिम उच्च रहेको छ भने पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१७५० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२९६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २३३ जना कोरोना जितेर घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १५३८९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि सर्लाही जिल्ला मलंगवा – ८ की ६५ वर्षीया महिला, धनुषा जिल्ला मिथिला नगरपालिका – १० की वर्ष ७२ की महिला, सप्तरी जिल्ला रूपनी नगरपालिका – ५ का वर्ष ४२ का पुरूष, विराटनगर महानगरपालिका – ९ का र रंगेली नगरपालिका – ८ का ४५ वर्षीय २ पुरुषको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । हालसम्म देशभर पीसीआर विधिबाट ४ लाख १९ हजार  ५ सय ७५ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ९ हजार ४ सय ७० जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ९० लाख ५ हजार भन्दा बढि संक्रमित भइ १ करोड २१ लाख ९२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ७ लाख ११ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...