Monday 5th October 2026

गजल -राम भण्डारी


बाहिर गोरो तर भित्र कालो छ नेताज्यू ।
जता गएपनि त तिम्रै जालो छ नेताज्यू ।।

नपत्याए हेरौं त आफ्नै वरिपरि देखिन्छ
स्वकिय सचिव त तिम्रै सालो छ नेताज्यू ।।

सहयोग गर्नु है भ्रष्टाचारिलाई यसपाली
मन्त्री बन्ने त अब तिम्रै पालो छ नेताज्यू ।।

धोयौ रे सफा पारेर बलत्कारी र हत्यारा
अस्तिको तिम्रो कर्तुत आलो छ नेताज्यू ।।

अब के गर्दैछौ भन्ने पनि प्रष्टै छ सबैलाई
हिङ्ग छैन के त हिङ्गको टालो छ नेताज्यू ।।

अब किन डराउनु जाबा जनताहरु सँग
भ्रष्टाचारीहरु सँग हाते-मालो छ नेताज्यू ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं


सम्बन्धित शीर्षकहरु

सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको…

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

प्रतिकृयाहरू
...