Friday 10th April 2026

कुवेतमा कोरोनाको कारण ८ नेपालीको मृत्यु


हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन।

नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने” बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय गरि उनीहरुको कुवेतमै अन्त्येष्टि गरि सकिएको छ।”
नेपाली राजदूतावासका अनुसार कुवेतमा लकडाउन शुरु भए देखि हाल सम्म (मार्च-१ देखि जुलाई-३१,२०२०) कोरोना संक्रमणका कारण सहित २६ जना नेपालीको मृत्यु भएको छ।

यसै गरि कुवेतमा कोरोना बाहेकको कारण मृत्यु भएका १३ जना(१० पुरुष र ३ महिला)को शब चार्टर र आममाफीको उडान मार्फत नेपाल पठाई सकिएको छ । कोरोना संक्रमणको कारण मृत्यु हुने ८ जना र अन्य ५ जना(मृतकको परिवारसंग सहमती लिएर) गरि १३ जनाको कुवेतमै अन्त्येष्टि गरिएको छ । यसरी कुवेतमै अन्त्येष्टि गरिनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...