Friday 27th February 2026

सभामुख सापकोटाको सुरक्षामा खटिने प्रहरीमा कोरोना पुष्टि


तितोपाटी- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो।

प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

सुरक्षाकर्मीको एकजना सदस्यमा संक्रमण देखिएपछि सभामुख सापकोटा,उनका परिवारका सदस्य र उनीसँग जोडिएका सबैखाले कर्मचारीको परीक्षण गरिएको छ।

स्रोतका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेयता सभामुखको स्कटिङमा नआएर हेटक्वार्टरमा बसिरहेको बताइए पनि हाल सभामुखको निवासका केही कर्मचारीको परीक्षणको लागि स्वाब संकलन गरिएको छ। त्यसको रिपोर्ट आजै बेलुकीसम्ममा आउने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अष्ट्रेलियाली सरकारले इजरायल र लेबनानमा रहेका अष्ट्रेलियाली कूटनीतिज्ञहरूका आश्रितहरूलाई मध्यपूर्वका दुई देशहरू छोड्न भनेको छ, यस क्षेत्रमा सुरक्षा अवस्था बिग्रँदै…

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

प्रतिकृयाहरू
...