Thursday 15th January 2026

“फ्रेन्च लिग कप”को उपाधि पीएसजीले जित्यो


तितोपाटी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  “फ्रेन्च लिग कप” फुटबलको उपाधि जितेको छ । गए राती भएको फाइनल खेलमा लियोनलाई पेनाल्टी सुटमा ६-५ गोलले पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो ।

निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो । जसमा पीएसजीले ६ गोल गरेको थियो भने लियोनले ५ गोल मात्र गर्न सफल भयो । पीएसजीका सबै खेलाडीले गोल गरेका थिए । उता लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टीमा चुक्दा उसले हार बेहोर्नु परेको थियो ।

अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । लियोनका राफयलले एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीलेलाई रातो कार्ड दिएका थिए । त्यसपछि ११९औं मिनेटमा राफयल मैदानबाट बाहिरिए । अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टासँग भिड्नेछ ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...