Friday 27th March 2026

केहि झट्का दिने मुक्तकहरू -राम भण्डारी



मेरो बा आमाको आँखामा संसार देखेको छु ।
बा,आमा मै देवीदेवता को झल्को भेटेको छु ।
म धेरै भाग्यमानी ठान्छु आफुलाई किनकी
बा आमाको साथ तिर्थको तिर्सना मेटेको छु ।


किन समाज मा अरुलाई नै होचो देख्छन् ।
मैंले बराबर देख्छु मलाई नै सोझो देख्छन् ।
हेराइ फरक हो कि साँघुरो मानसिकता हो
जो छ होचो उसको मुखमा नै घोचो देख्छन् ।


जिवनको गोरेटो मा साथी सधैं माथि हुन्छ ।
साँच्चिकैको जाती मात्रै मन पर्ने साथी हुन्छ ।
मेरो सुखमा खुसी हुँदै दुःखमा हात समाउने
यस्तै ‌साथीहरु सम्झेर हात्ती जत्रो छाती हुन्छ ।


मिल्ने भए कोरोना को कान निमोठि दिन्थें ।
शर्म को ठाउँमा मर्म हुनेगरी चिमोटि दिन्थें ।
तातो बगरको ढुङ्गामा पापी कोरोना लाइ
चन्दन सरि बनाएर यस्को जिउ घोटि दिन्थें ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...