Friday 20th March 2026

परमिता राणा पुनः विवादमा


मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवाद तानिएकी छन्। बिहीबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए। अभिनेत्री राणाले बुधबार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी विवादित बनेकी हुन्। उनको टिकटक भिडियो सेयर भएपछि टिकटक प्रयोगकर्ता प्रियंका डंगोलले प्रतिक्रियामा लेखेकी थिइन्, ‘यदि तपाईं कारमा हुनुहुन्छ भने के लगाउनुहुन्छ जहाँ मादक पदार्थ सेवन गरेको ड्राइभरले एक निर्दोष महिलालाई मार्छ र घटनापछि तुरुन्तै तपाईं भाग्नुहुन्छ ?’

सो प्रतिक्रियाको जवाफ दिँदै अभिनेत्री राणाले लेखेकी थिइन्, ‘होइन हनी, मैले मेरो वर्सासको कोट लगाएको थिएँ। जुन किन्न तिम्रो औगातले भ्याउँदैन्।’ अभिनेत्री राणाले दिएको टिप्पणीको स्क्रिनसट पोस्ट गर्दै फेसबुक प्रयोगकर्ता रिसब शर्माले लेखेका छन्, ‘के यी व्यक्तिलाई कसैको श्रीमती/आमा/छोरीको मूल्य पाँच लाख रुपैयाँ हो भन्ने लाग्छ ? साथै यस्ता घटनाको बारेमा दुखित हुनुको साटो यी मानिसहरू घृणाको सिकार बन्न पुगेका छन्।’अर्की फेसबुक प्रयोगकर्ता आस्था शाक्यले शर्माले प्रतिक्रिया दिँदै लेखेकी थिइन्, ‘यो विशेषाधिकार र शक्तिको उत्कृष्ट उदाहरण हो। उनले अनैच्छिक रूपमा हत्या गरिन र पदयात्रीलाई सहयोग गर्नुको सट्टा उनी भागिन्। यत्तिमात्र होइन, उनीले गरेको गल्तीका बारे माफी माग्नुको साटो उनले लगाएको कोटको बारेमा गर्व गरिरहेकी छिन्। कसैले आफ्नो जीवन गुमाएको बेला उनी यसलाई डिजाइनर कोटसँग तुलना गरिरहेकी छिन्। कस्तो निर्लज्ज व्यक्ति।’

यस्ता प्रतिक्रिया पाएपछि अभिनेत्री राणाले आफ्नो टिप्पणीबारे माफी मागेकी छन्। उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘मैले हिजो राति एउटा टिकटक भिडियो बनाएको थिएँ र त्यसमा धेरै टिप्पणी आयो। उक्त टिप्पणीहरू प्राप्त गरिरहँदा तपाईंहरूले मलाई यसैको लायक सम्झनुभयो। म स्वीकार्छु कि हिजो मैले दिएको जवाफ नराम्रो थियो। त्यो मैले रिसले गरेको प्रतिक्रिया थियो। मलाई अनफलो, ब्लक र जे मनलाग्छ गर्नुहोस्। बरु मेरो हत्या गरिदिए हुन्छ। अनि तपाईंहरूको मनलाई शान्छि मिल्छ। कस्तो ठूलो गल्ती गरिएछ, माफ पाऊँ।’

गत वर्षको मंसिर २८ मा राजधानीको बुढानीलकण्ठमा भएको सवारी दुर्घटना गराउने कारमा सवार अभिनेत्री राणा घटनापछि फरार भएसँगै विवादित थिइन्। बुढानीलकण्ठ नगरपालिका–५ स्थित बुढानीलकण्ठ स्कुलनजिकको सडकपेटीमा हिंडिरहेकी बारपाक गाउँपालिका–८ गोरखाकी लीला देवकोटालाई बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिएको थियो। घाइते देवकोटाको अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।सामाजिक सञ्जाल फेसबुक मार्फत सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकार्दै उनले माफी मागेकी थिइन्। ‘म सबैप्रति क्षमाप्रार्थी छु। चार जनाले गरेको निर्णयले निर्दोषको ज्यान गएको छ। त्यो घटना सत्य नभइ एक डरलाग्दो सपना मात्र होस् भन्ने मेरो चाहना छ। तर, दुर्भाग्य म पनि त्यो कारमा थिएँ। मलाई त्यो घटनाले आघात पु¥याएको छ। यो घटनाले मेरो जीवन परिवर्तन गरिदिएको छ,’ उनले लेखेकी थिइन्, ‘सो कारमा सवार मेरो साथीले बाहिरको वातावरण हेरेर आउँदासम्म मैले केही सोच्न सकेकी थिइन।’ अभिनेत्री राणाले पैदलयात्रीको मृत्यु भएको खबर घर पुगेपछि मात्रै थाहा पाएको उल्लेख गरेकी थिइन्।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...